नियमावलीलाई अन्तिम रुप दिन कार्यदल गठन

२३ असार ०७५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीको पस्तावित नियमावलीलाई अन्तिम रुप दिन तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले पार्टीको स्थायी समिति बैठकले दिएको सुझावको आधारमा नियमावलीलाई परिमार्जनसहित यही २५ गते भित्रमा अन्तिम रुप दिन कार्यदल गठन गरेको हो ।

नेता बामदेव गौतम, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल रहेको कार्यदलाई ३ दिन समय दिइएको हो । कार्यदलले तयार गरेको नियमावलीलाई आगामी मंगलबार बस्ने बैठकमा प्रस्तुत गरिने र बैठकले अनुमोदन गरेपछि प्रकाशनका लागि पठाइने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बिहीबार बसेको पार्टीको ्स्थायी समिति बैठकले नियमावलीलाई टुंगो लगाउने जिम्मेवारी पार्टीको केन्द्रीय सचिवालयलाई दिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत