समयमै सूचना पाउन नसकेकोमा सञ्चारकर्मीहरुको गुनासो

असार २३ असार ०७५, राजविराज । सप्तरीका अधिकांश सरकारी कार्यालय र स्थानीय तहवाट सूचना दिन आलटाल र लुकाउने गरेको सञ्चारकर्मीहरुले गुनासो गरेका छन् ।

शनिबार नेपाल पत्रकार महासंघ सप्तरी शाखाले आयोजना गरेको सुचनाको हकसम्वन्धि अन्र्तक्रिया कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुल त्यस्तो गुनासो गरेका हुन् ।

पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेश झाले संविधानले सुचनाको हकलाई मौलिक अधिकारको रुपमा ब्यवस्था गरेपनि जिल्लाका विभिन्न सरकारी कार्यालय तथा स्थानीय तहमा सो व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन नभएको गुनासो गर्दै सुचना पाउन पत्रकारहरुले निकै कष्ट ब्यहोर्नु परिरहेको बताए ।

उनले अहिले पनि अधिकांश कार्यालय र स्थानीय तहमा सुचना अधिकारीको ब्यवस्थापन हुन नसकेको र भएका कार्यालयमा पनि सुचना पाउन महिनौं पर्खनु पर्ने अवस्था रहेको बताए ।

कार्यक्रममाा प्रमुख जिल्ला अधिकारी नरवहादुर खड्काले पत्रकारहरुलाई समयमै सत्यतथ्य सुचना प्रवाहका लागि आफुले सम्वन्धित निकायमा पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्दै सुशासन र जागरणका लागि सञ्चारकर्मीको भुमिका महत्वपुर्ण हुनेभएकाले सुचना दिन आलटाल गर्ने कार्यालय र स्थानीय तहका जिम्मेवार अधिकारीलाई छानविन गरी कानुनी दायरामा ल्याउने बताए ।

स्थानीय तहवाट भएका गतिविधिहरु बारे जानकारी लिन विगत १ महिनादेखि कुदिरहँदा पनि सुचना नपाएको कार्यक्रममा सहभागी सञ्चारकमीहरुले गुनासो गरे ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत