उपकुलपति कोइरालाले तालुक मन्त्रालयबाट अनुमति लिएका छैनन्ः शिक्षा मन्त्रालय

२५, असार ०७५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले कानूनबमोजिम विदेश जाने अनुमति नलिएको स्पष्ट पारेको छ ।

मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै उपकुलपति कोइरालाले तालुक मन्त्रालयबाट विदेश जाने अनुमति नलिएको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ –‘सार्वजनिक पद धारण गरेका व्यक्तिले सम्बन्धित पदाधिकारीको हैसियतमा वैदेशिक भ्रमण गर्दा प्रचलित कानूनबमोजिम सम्बन्धित तालुक निकायबाट अनुमति लिनुपर्ने प्रावधान भए तापनि प्रा.डा. कुलप्रसाद कोइरालाले नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिका हैसियतले कुलपति वा सहकुलपति वा यस मन्त्रालयबाट कुनै पनि प्रकारको अनुमति लिनुभएको छैन ।’

उपकुलपति कोइराला क्यानडामा हुन लागेको संस्कृत सम्मेलनमा भाग लिन जादै गर्दा शनिबार साँझ विमानस्थलबाट फर्काइएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत