मुस्ताङमा दुर्घटनामा मृत्यु भएका परिवारलाई  ५/५ लाख रुपैयाँ दिइने

२५ असार ०७५, काठमाडौं । सरकारले मुस्ताङको स्याङ्बोचेमा सडक दुर्घटनामा मृत्यु भएका २० जनाको परिवारलाई  ५/५ लाख रुपैयाँ राहत दिने भएको छ ।

सोमबारको संसद बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त घटनाबारे जानकारी गराउँदै मृतकका परिवारलाई ५/५ लाख रुपैयाँ राहत दिने जानकारी गराएका हुन् ।

दुर्घटनामा रोल्पाका ९ जना, दाङका ६ जना र धादिङ, स्याङ्जा, ओखलढुंगा, कैलालीका १/१ जनाको मृत्यु भएको थियो । मृतकको शव सम्बन्धित जिल्लामा नै पाष्टमार्टम गरी परिवारलाई जिम्मा लगाइने गृहमन्त्री थापाले जानकारी दिए ।

बेनी–जोमसोम– कोरला सडकखण्डको दामोदरकुण्ड गाउँपालिका–३ स्थित स्याङ्बोचेमा कालीगण्डकी करिडोर निर्माणमा काम गरिरहेका कामदार बोकेको बा२क २२१९ नं को टिपर शुक्रबार दुर्घटना हुँदा २० जनाको घटनास्थलमा नै मृत्यु भएको थियो ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत