मजदुरको न्यूनतम तलब ३९ प्रतिशत वृद्धि

२६ असार ०७५, काठमाडौं । सरकारले मजदुरको न्यूनतम तलब ३९ प्रतिशत वृद्धि गरेको छ ।

सोमबार श्रमिकको ‘न्यूनतम पारिश्रमिक निर्धारण समिति’ भित्र विवाद रहँदारहँदै पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मजदुरको न्यूनतम तलब मासिक १३ हजार चार सय ५० रुपैयाँ रहने निर्णय गरेका हुन् । यस अघि मजदुरको न्यूनतम तलब मासिक नौ हजार सात सय रुपैयाँ थियो ।

यसैगरी मन्त्री विष्टले दैनिक ज्यालामा काम गर्ने मजदुरको तलब पनि तीन सय ३५ बाट बढाएर पाँच सय १६ मा पु¥याउनुका साथै, मजुदरको प्रतिघण्टाको तलब पनि पहिलोपटक निर्धारण भएको छ । अब मजदुरले न्यूनतम प्रतिघन्टा तलब ६९ रुपैयाँ पाउनेछन ्। नयाँ तलब साउन १ गतेबाट लागू हुने मन्त्री विष्टको भनाइ छ ।

यसको अलवा श्रमिकले पाउने चार्डपर्व खर्च, बिदाबापतको भुक्तानी, सुत्केरी एवम् सुत्केरी स्याहार खर्च र स्वास्थ्य एंव दुर्घटना बिमाबापतको रकम समेत वृद्धि हुने उनको भनाइ छ ।

श्रमिकको न्यूनतम तलब पनि रोजगार दाता कम्पनीले बैंकिङ च्यानलनबाट भुक्तानी गर्नुपर्नेछ । मन्त्री विष्टले मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा मजदुरको न्यूनतम पारिश्रमिक निधारण समिति गठन गरेका थिए । समितिमा रोजगारदाता कम्पनी र मजदुर संगठका प्रतिनिधिको समेत सहभागीता थियो ।

न्यूनतम ज्याला निर्धारणमा रोजगारदाता कम्पनी र अन्य श्रमिक संगठनको सहमति रहे पनि नेपाली कांग्रेससँग आवद्ध नेपाल ट्रेड युनियको सहमति हुन सकेको छैन । मन्त्री विष्टले न्यूनतम पारिश्रमिक घोषणा गर्दैगर्दा युनियनका सभापति पुस्कर आर्चायले असहमति जनाएका थिए ।

समितिका सदस्य आर्चायले कि श्रमिकको तलब १७ हजार हुनुपर्ने होइन भने अहिले बढेको तलब सबै कर्मचारीको हकमा लागू हुनुपर्ने भन्दै विरोध गरेका थिए ।

सरकारले तोकेको न्यूनतम ज्याला लागू गर्न नेपाल उद्योग वाणिज्य महासंघ, सीएनआई, चेम्बर र घरेलु उद्योगमहासंघले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

  •  
    1
    Share
  • 1
  •  
  •  
  •  

तपाइको मत