नेकपाको नियमावली पारित

२७ असार ०७५, काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नियमावली पारित गरेको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेका बैठकले विधान र कार्यविधि टुंगो लगाएको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले नियमावली पारित गरेकोले छिट्टै प्रकाशनमा ल्याई पार्टीका जनवर्गीय संगठनको एकताको आवधिक कार्ययोजना बनाउने निर्णय गरेको बताए ।

नियमावलीको टुंगो लगाउन नेताहरू वामदेव गौतम, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेलसहितका तीन सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलले मंगलबार बसेको बैठकमा सुझाव सहितको प्रतिवेदन प्रस्तुत गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत