विश्वकप फुटबल प्रतियोगितामा फ्रान्स फाइनलमा प्रवेश

२७ असार ०७५, काठमाडौं । फ्रान्स रसियामा जारी विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सेन्ट पिटसवर्ग स्टेडियममा भएको पहिलो सेमिफाइनल भिडन्त बेल्जियमलाई १–० ले पराजित गर्दै फ्रान्स फाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेले पनि दोस्रो हाफमो ५१ औँ मिनेटमा एन्टोइन ग्रिजमनले दिएका कर्णर बललाई सदुपयोग गर्दै डिफेन्डर स्यामुएल युमिटीले गोल हानेका थिए ।

अब फ्रान्सले उपाधिका लागि बुधबार राति हुने इङ्ल्यान्ड र क्रोएसियाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग जुलाई १५ मा मस्कोमा भिडन्त गर्नेछ । बेल्जियमले भने तेस्रो स्थानका लागि खेल्नेछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत