गृहमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

२८ असार ०७५, असार । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

बिहीबार गृहमन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत थियो ।

गृहमन्त्री थापाले नेपालको विविध क्षेत्रका साथै सुरक्षा निकायको तालिम र भौतिक सामाग्रीमा भारतले गर्दै आएको सहयोगप्रति राजदुत पुरीमार्फत भारत सरकारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरा पाउने विश्वास व्यक्त गरे ।

भारत सरकारको सहयोगमा काभ्रेमा बन्न लागेको नेपाल प्रहरीको तालिम केन्द्र छिटो निर्माण हुने वातावरण बनाउन भारतीय राजदुतलाई गृहमन्त्रीले आग्रह गरेका थिए ।

खुला सिमानाका कारण फाईदा उठाउँदै हुने मानवतस्करी, सुन तस्करी, लागुपदार्थको ओसार पसार लगायतका अपराध विरुद्ध दुई देशको संयुक्त सहकार्य आवश्यक रहेको बताए ।

त्यस्तै, राजदुत पुरीले नेपाल प्रहरीको तालिम केन्द्र निर्माणकार्यको विषयलाई आफुले प्रमुख प्राथमिकतामा राखेको भन्दै यो सम्बन्धी कार्य अघि बढिसकेको जानकारी गराए ।

भेटमा राजदूत परीले गृहमन्त्री थापालाई भारत भ्रमणको लागि आग्रह समेत गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत