सिन्धुपाल्चोकमा जिप दुर्घटना, ३ को मृत्यु ८ घाइते

२८ असार ०७५, सिन्धुली । सिन्धुपाल्चोकमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

बिहीबार राति करिव ८ बजेतिर पाँचपोखरी थाङपाल गाउँपालिकाको धापबाट भोताङतर्फ गइरहेको लु १ ख १९९ नम्बरको जिप छाप फ्याफुल्ला डाँडामा दुर्घटना हुँदा ३ जनाको मृत्यु हुनुका साथै ८ जना घाइते भएका हुन् ।

दुर्घटना स्थलमा उद्धारका लागि स्थानीय बासिन्दा र सुरक्षाकर्मीले खटिरहेका जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक (एसपी) मोहनप्रसाद पोखरेलले बताए ।

दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको तर सनाखत भैनसकेको एसपी पोखरेलले बताए । पानी परिरहेको र दुर्घटना रातिको समय भएकोले उद्धारमा कठिनाई भएको उनले बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत