चीनको औद्योगिक पार्कमा विस्फोट, १९ जनाको मृत्यु

२९ असार ०७५, सिचुवान । चीनको एक औद्योगिक पार्कमा विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ ।

सिचुवान प्रान्तमा रहेको औद्योगिक पार्कमा विस्फोट हुँदा १९ जनाको मृत्यु र १२ जना घाइते भएका हुन् ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वालाई उदृृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले यिविन हेन्दा टेक्नोलोजीले सञ्चालन गरेको रसायनिक भट्टी विस्फोट भएको जनाए पनि बिस्फोटको कारणबारे भने केही बताइएको छैन् ।

विष्फोटपछि ठूलो आगलागी भएको र आकाशमा फैलिएको धुँवाको तस्वीरहरु चीनको सामाजिक सञ्जालमा राखिएको बीबीसीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत