‘द दबङ टुर’ नाममा सलमान खानलाई नेपाल ल्याउने भनेर करोडौं ठग्ने गुरुङ पक्राउ

२९ असार ०७५, काठमाडौं । ओडीसी ईन्टरटेनमेन्टका सञ्चालक सिमान्त गुरुङ पक्राउ परेका छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बलिउड अभिनेता सलमान खानसहित अन्य भारतीय कलाकारहरुलाई नेपाल ल्याएर कन्सर्ट आयोजना गर्ने भनेर टिकट बिक्री गरी ठगेको अभियोगमा  गुरुङलाई शुक्रबार लाजिम्पाट क्षेत्रबाट पक्राउ गरेको हो ।

गत फागुन ‘द दबङ टुर’ शीर्षकमा कार्यक्रम आयोजना हुने भन्दै गुरुङको ओडिसी इन्टरनेशनल कम्पनीले करिब ५ हजार भन्दा टिकट बिक्री गरिएको थियो । जसमा नायिका सोनाक्षी सिन्हा, प्रभू देवा, मनिष पल लगायतका कलाकारहरु पनि सहभागी हुने बताइएको थियो ।

गत वर्ष फागुन २६ मा हुने भनिएको सो कार्यक्रममा नेकपा माओवादी (विप्लव) समूहको चेतावनीपछि स्थगन गरिएको थियो । त्यसपछि आयोजक ओडीसी इन्टरनेसनले पुनः जेठको २ गतेलाई उक्त कार्यक्रम हुने भनेर नयाँ मिति तय गरेपनि सलमान खान कालो हरिण शिकारको मुद्दामा जेल गएपछि कार्यक्रम अनिश्चित भएको थियो ।

गुरुङले यसअघि सन् २०१३ मा पनि यूकेको चर्चित ब्याण्ड डिप पर्पल ल्याउने भन्दै टिकट बेचेर कार्यक्रम नगरेको अपराध महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले उनलाई पक्राउ गरी ठगी मुद्दामा म्याद थप गर्ने तयारी भइरहेको बताए ।

  •  
    4
    Shares
  • 4
  •  
  •  
  •  

तपाइको मत