राजपाको संसदीय दलको नेतामा महन्थ ठाकुर चयन

३० असार ०७५, काठाडौं । राष्ट्रिय जनता पार्टीको संसदीय दलको नेतामा महन्थ ठाकुर चयन भएका छन् ।

शनिबार बसेको संसदीय दलको बैठकले अध्यक्ष मण्डलका संयोजक ठाकुरलाई दलको नेता चयन गरेको हो ।

सर्वसम्मत नेता चयनसँगै राजपामा विवाद रहेको भन्ने दाबी गलत सावित भएको नेता राजकिशोर यादवले जानकारी दिए ।

यसैबीच राजपाका नवनिर्वाचित संसदीय दलका नेता ठाकुरले संसदमा पार्टीको भूमिकालाई प्रभावकारी बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत