गृहमन्त्री थापा र चिनिया उपमन्त्री बीच भेटवार्ता

३२ असार ०७५, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र चीनका सार्वजनिक सुरक्षा उपमन्त्री शि जुन बीच शिष्टाचार भेटवार्ता भएको छ ।

सोमबार गृहमन्त्री थापा र नेपाल भ्रमणमा रहेका उपमन्त्री शि जुनबीच गृह मन्त्रालयमा भेटवार्ता भएको हो ।

दुई पक्षीय भेटवार्ताका क्रममा गृहमन्त्री थापाले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गृहमन्त्री थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै निरन्तरताका लागि उपमन्त्री जुनसँग आग्रह पनि गरे ।

उपमन्त्री जुनले नेपाल–चिन सम्बन्धको चर्चा गर्दै नेपालको भूमिबाट हुने चीन विरोधी गतिविधि नियन्त्रणका लागि गृह मन्त्रालयले खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यसलाई थप महत्व दिन पर्नेमा जोड दिएका छन् ।

चीनका सार्वजनिक मन्त्री जुनले गृहमन्त्री थापालाई चीन भ्रमणका लागि निमन्त्रणा पनि गरेका छन् ।

भेटवार्तामा गृह मन्त्रालयका उच्चअधिकारीहरु र नेपालका लागि चिनिया राजदुत यु होङ लगायतको उपस्थिति रहेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत