फ्रान्सले चुम्यो विश्वकप फुटबलको उपाधि

३२ असार ०७५, काठमाडौँ । विश्वकप फुटबलको फाइनल खेलमा फ्रान्सले क्रोसियालाई पराजित गर्दै उपाधि चुमेको छ ।

क्रोसियालाई ४–२ गोलको अन्तरले हराउँदै फ्रान्सले विश्वकप फुटबलको उपाधि चेमेको हो ।

यसअघि १९९८ मा विश्वकप जितेको फ्रान्सले दोस्रो पटक विश्वकपको उपाधि जितेको हो ।

क्रोसियाका मारियो म्यान्डुजकिकले आत्मघाती गोल गरेर खाता खोलेको फ्रान्सको जितमा पाउल पोग्वा, किलियन एम्बाप्पे र एन्टोनी ग्रिजम्यानले एक एक गोल गरेका गरेका थिए ।

त्यस्तै क्रोसियाका लागि इभान पेरिसिक र मारियो म्यान्डुजकिकले एक एक गोल गरेका थिए ।

पहिलो हाफमा २–१ ले अन्तरमा अगाडि रहेको फ्रान्सले दोस्रो हाफमा २ गोल र क्रोसियाले १ गोल गरेको थियो ।

फ्रान्सका एम्वाप्पे विश्वकपको फाइनलमा पेले पछि गोल गर्ने दोस्रो युवा खेलाडी बनेका छन् । यस अघि पेलेले सन् १९५८ को विश्वकपमा १७ बर्ष (२४९ दिन)को दिन विश्वकप फाइनलमा गोल गरेका थिए भने एम्बप्पेले १९ बर्ष (२०७ दिन)मा विश्वकपमा क्रोसियाविरुद्ध गोल गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत