रुसले अमेरिकी चुनावमा हस्तक्षेप नगरेको ट्रम्पको प्रष्टोक्ति

१ साउन ०७५, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी मामिलामा रुसले कहिल्यै हस्तक्षेप नगरेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति पुटिन बीच सोमबार फिनल्यान्डको राजधानी हेलसिन्किीमा भएको भेटवार्तापछि पुटिनले यस्तो बताएका हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप नगरेको प्रष्टोक्ति दिएका छन् ।

सन् २०१६ को अमेरिकाको राष्ट्रपति चुनावमा ट्रम्पलाई रुसले साथ दिएको आरोप लाग्दै आएको छ । आरोपको खण्डन गर्दै आएका ट्रम्पले पुनः रुसले कुनै हस्तक्षेप नगरेको अभिव्यक्ति दिएका हुन् ।

ट्रम्पले अमेरिकाको चुनावमा रुसले साँठगाँठ गर्नुपर्ने कुनै कारण नरहेको बताएका छन् । त्यसैगरी पुटिनले पनि आरोपको खण्डन गर्दै अमेरिकी मामिलामा रुसले कहिल्यै हस्तक्षेप नगरेको बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत