गोरखामा पहिरोले घर पुर्दा ८ महिने बालकसहित ३ जनाको मृत्यु

२ साउन ०७५, गोरखा । शहिद लखन गाउँपालिका–६ घैरुङस्थित अधेँरीमा पहिरोले घर पुर्दा आठ महिने बालकसहित तीन जनाको मृत्यु भएको छ ।

बुधबार बिहान साढे ६ बजेतिर गएको पहिरोमा पुरिएर आठ महिने बालकसहित तीन जनाको मृत्यु भएको हो ।

पहिरोले पुरिदा २० वर्षीय सरु कुँवर(आमा), ८ महिने छोरा युनिक कुँवर र १० वर्षीय प्रविना कुँवरको ज्यान गएको स्थानीय व्यापारी कृष्ण कुँवरले जानकारी दिए ।

पहिरोले घरको पछाडिको भाग पुरिएकोले स्थानीयले कोठा फोरेर हेर्दा तीनजनाको घटनास्थलमै मृत्यु अवस्थामा फेला परेको कृष्णले बताए ।

उक्त स्थानमा जाने बाटो अवरोध भएका कारण नेपाली सेना र प्रहरीको टोलीले वैकल्पिक बाटोको प्रयोग गरि घटनास्थलतर्फ लागेको प्रमुख जिल्ला अधिकारी नारायण भट्टराइले जानकारी गराए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत