५ साउन ०७५, काठमाडौं । तरुण दलका कार्यकर्ता र प्रहरीबीच झडप हुनका साथै अश्रु ग्यास प्रहार भएको छ ।
शनिबार तरुण दलले आयोजना गरेको प्रदर्शनमा प्रहरीले बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि झडप हुनका साथै प्रहरीले अश्रु ग्यास प्रहार गरेको हो ।
डा.केसीको समर्थनमा उत्रिएका आन्दोलनकारीलाई तितर वितर गर्ने क्रममा प्रहरीले बल प्रयोग गरेको हो ।
प्रदर्शनकारीले प्रहार गरेको ढुंगाले केही प्रहरी समेत घाइते भएका छन् । तरुण दलका कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्न खोजिरहँदा डा. केसीका स्वतन्त्र समर्थकहरु बानेश्वर चोकमा कोण सभा गरिरहेका थिए ।
माइतीघरबाट सुरु भएको ¥याली बानेश्वरमा गएर कोणसभामा परिणत भएको थियो ।
डा. केसीको समर्थनमा पूर्वप्रधानन्यायाधीशहरू कल्याण श्रेष्ठ र सुशीला कार्की, नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई लगायतको सहभागिता थियो ।