सगरमाथा अस्पतालको फार्मेसीमा तोडफोड

५ साउन ०७५, राजविराज । गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सञ्चालित फार्मेसीमा तोडफोड भएको छ ।

शुक्रबार राती करिब ११ बजे तिरहुत गाउँपालिकाका बब्लु भन्ने सञ्जय यादवको नेतृत्वमा आएका ५/७ जनाको समूहले फार्मेसी तोडफोड गरेको हो ।

औषधि बिक्री कक्षका इन्चार्ज सूर्यकान्त झाकाअनुसार तोडफोडबाट कम्प्युटर, सिपियु, प्रिन्टर, राउटर र ५ हजार भन्दा बढीको औषधि नष्ट भएको छ ।

झाले तोडफोडमा सङ्लग्न यादव अस्पताल परिसरभित्रै नास्ता र फलफुल पसल सञ्चालन गर्ने व्यक्ति भएको बताए ।

झाले शुक्रबार बिहान प्रहरीमा यादवविरुद्ध किटानी जाहेरी दिदै कारवाही र क्षतिपूर्ति माग गरेका छन् ।

प्रहरीले घटनाबारे जानकारी पाएपछि शुक्रबार बिहान मुचुल्का तयार गरी घटनामा सङ्लग्नको खोजी कार्य सुरु गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत