विद्युत लाइन वितरणमा काठका पोल विस्थापित गर्न उर्जामन्त्रीको निर्देशन

६ साउन ०७५, काठमाडौं । ऊर्जा जलस्रोत तथा सिचाइँ मन्त्री वर्षमान पुनले विद्युत लाइन वितरण गर्न प्रयोग गरिएका काठका पोल विस्थापित गर्न निर्देशन दिएका छन् ।

केही समययता रामेछाप लगायत विभिन्न ठाउँमा बिजुलीको नाङ्गो तारले छोएर चार जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्री पुनले अब देशभर काठका पोल विस्तावित गर्न निर्देशन दिएका हुन् ।

ऊर्जामन्त्री पुुनले मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ, सामुदायिक विद्युत उपभोक्ता महासंघका अध्यक्ष नारायण ज्ञवालीसँगको छलफलपछि गरेका छन् ।

मन्त्री पुनले काठ र स्टिलका पोलहरूका कारणले मानवीय क्षती बढिरहेको भन्दै तत्काल समस्याको समाधान गर्न निर्देशन दिदैँ विद्युतीकरणको सुरक्षाको पाटोलाई ध्यान आग्रह समेत गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत