अनसनरत डा.केसीको जीवनरक्षा माग गर्दै काँग्रेसको प्रदर्शन

८ साउन ०७५, काठमाडौं । अनसनरत  डा. गोविन्द केसीको जीवन रक्षा माग गर्दै नेपाली कांग्रेसले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

मंगलबार उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर समितिको अगुवाईमा माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

प्रदर्शनपछि आयोजित विरोध सभालाई सम्बोधन गर्दै कांग्रेस काठमाडौंका सभापति सबुज बानिया, भक्तपुर जिल्ला कार्यसमिति सभापति दुर्लभ थापा र ललितपुर जिल्ला कार्यसमिति सदस्य मदन आमात्यले सरकार अधिनायकवादको बाटोमा अग्रसर रहेको आरोप लगाए ।

कांग्रेसने तृत्वको सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेश संसदमा ल्याउनुपर्ने, डा. गोविन्द केसीको जीवनरक्षा गर्नुपर्ने, इन्टरनेटमा बढाएको कर मिनाहा गर्नुपर्ने लगायतका माग राखेका छन् ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत