अब सरकारी कार्यालयका लागि ‘ट्वीटर’ अनिवार्य

८ साउन ०७५, काठमाडौं । सरकारले सबै सरकारी कार्यालयलाई सामाजिक सञ्जाल ‘ट्वीटर’ अनिवार्य रुपमा सञ्चालन गर्ने गरी निर्देशिका तयार गरेको छ ।

सरकारी कार्यालयले ट्वीटरमार्फत नै सूचना तथा जानकारी प्रभाव गर्नुपर्ने भन्दै सरकाले यसको लागि कार्यविधि तयार गरी अघि बढेको होे । अब सरकारी कार्यालयले अनिवार्यरुपमा आफ्नै ट्वीटरमार्फत् आफ्नो मन्त्रालय तथा विभागको सुचना प्रकाशित गर्नुपर्ने छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको हेलो सरकार कक्षका प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले प्रधानमन्त्री कार्यालयले सबै सरकारी कार्यालयका लागि ट्वीटर खाता प्रयोग गर्ने कार्यविधि २०७५ तयार गरिसकेको र कार्यविधिमाथि सचिव लेवलमा छलफल भइरहेको बताए ।

अपाध्यायका अनुसार त्यहाँबाट आएको कार्यविधिलाई स्वीकृत गरी विभाग र मन्त्रालयमा ट्वीटर ह्याण्डल खोल्नका लागि परिपत्र गरिने छ । उक्त कार्यविधिले सबै मन्त्रालय र विभागलाई सामाजिक सञ्जाल ट्वीटरमार्फत सुचना प्रदान गर्नको लागि अनिवार्य बनाउने छ ।

यसका साथै कार्यविधिले मन्त्रालय र विभागलाई सुचना उपपलब्ध गराउँदा एक रुपता प्रदान गर्नको लागि मार्गदर्शन समेत गर्ने उनले बताए । उक्त ट्विटर ह्याण्डलबाट सरकारी कार्यालयले सबैलाई सूचना प्रदान गर्न, जनगुनासो ग्रहण गर्न र आफ्ना कार्यालयका सूचना सार्वजनिक गर्नु पर्नेछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत