गृहमन्त्री बादलसँग अमेरीकी राजदूतको बिदाई भेट

९ साउन ०७५, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि संयुक्त राज्य अमेरिकी राजदूत अलाइन टेप्लिजले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

बुधबार गृह मन्त्रालयमा मन्त्री थापा र राजदूत टेप्लिज बीच दुई देशको सम्बन्ध, आपसी सहकार्य र सहयोगका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको हो ।

भेटमा कार्यकाल सम्पन्न गरेर फर्किन लागेकी राजदूत टेप्लिजलाई गृहमन्त्री थापाले नेपाल–अमेरिका सम्बन्ध मजबुत बनाउन खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गरे ।

गृहमन्त्रीले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालिम र भौतिक संरचना निर्माणलगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त गरेका छन् ।

मन्त्री थापाले पछिल्लो समय अमेरिका र उत्तर कोरियाबीच भइरहेको वार्ता र छलफललाई स्वागतयोग्य रहेको बताए ।

राजदूत टेप्लिजले आफ्नो कार्यकालमा नेपाल सरकार र गृह मन्त्रायबाट पाएको सकारात्मक सहयोगका लागि धन्यवाद व्यक्त गरिन् ।

यस्तै अध्यागमन सुरक्षासम्बन्धी विषयमा अमेरिकी सरकारले सहयोग गर्न चाहेको तथा अमेरिकी नागरिकबाट नेपाल सरकारले लिने प्रवेशाज्ञा शुल्क पुनरावलोकन हुनुपर्ने लगायतका विषयमा राजदुतले जिज्ञासा राखेकी थिइन् ।

भेटमा मानवतस्करी नियन्त्रण र भुटानी शरणार्थी एंव तिब्बती शरणार्थीको व्यवस्थापनका विषयमा समेत पनि कुरा भएको थियो ।

  •  
    4
    Shares
  • 4
  •  
  •  
  •  

तपाइको मत