गृहमन्त्री र युइईका राजदुतबीच भेटवार्ता

१० साउन ०७५, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेपालका लागि संयुक्त अरब ईमिरेट्स (युयई)का राजदुत साईद हम्दान मोहम्मद अल नाक्बिबीच भेटवार्ता भएको छ ।

गृहमन्त्री थापा र राजदूत मोहम्मदबीच गृहमन्त्रालयमा शिष्टचार भेटवार्ता भएको हो । भेटमा नेपाल–युयई द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको छ ।

भेटमा गृहमन्त्री थापाले नेपालको विकास तथा नेपाली कामदारलाई रोजगारीको सृजना अवसर गरेर युयईले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए । उनले युयईमा कार्यरत नेपालीहरुको संरक्षण र वृत्ति विकासमा सहयोगका लागि राजदुुतसँग आग्रह गरेका थिए ।

त्यस्तै, गृहमन्त्री थापाले सुन तस्करी सम्बन्धी घटनामा गृह मन्त्रालयले गठन गरेको अनुसन्धान समितिलाई युयई सरकारको तर्फबाट गरिएको सहयोगका लागि समेते धन्यवाद दिएका थिए ।

राजदुत नाक्बिले नेपालमा सुन तस्करीबारे गरिरहेको अनुसन्धानको क्रममा नेपालको आग्रह अनुसार एक व्यक्तिलाई युयईमा पक्राउ गरिएको र उनलाई नेपाल पठाउने प्रक्रिया जारी रहेको गृहमन्त्रीलाई जानकारी दिएका थिए ।

राजदूत नाक्विले मानवतस्करी र अन्य किसिमका तस्करी रोक्नेबारे नेपाल र युयईबीच कुनै किसिमको सम्झौता नभएको कारण केही समस्या देखिएको भन्दै नेपालले सो किसिमको सम्झौता गर्न चाहे युयई तयार रहेको प्रष्ट पारेका थिए ।

भेटमा युयईका उपप्रधान तथा गृहमन्त्रीको तर्फबाट राजदुत नाक्बिले गृहमन्त्री थापालाई युयई भ्रमणका लागि निमन्त्रणा गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत