१० साउन ०७५, काठमाडौं । अनसनरत डा. गोविन्द केसीको समर्थनमा उत्रिएका चिकित्सक तथा स्वास्थ्यकर्मी र प्रहरीबीच झडप भएको छ ।
चिकित्सक तथा स्वास्थ्यकर्मीले निकालेका ¥याली शिक्षण अस्पताल महाराजगन्जबाट प्रधानमन्त्री निवास बालुवाटारतिर जान लागेपछि प्रहरी र चिकित्सक तथा स्वास्थ्यकर्मीबीच झडप भएको हो ।
सामान्य झडपपछि करिव ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले नियन्त्रणमा लिएको प्रदर्शनकारीलाई नेपाल पुलिस क्लबमा राखिएको छ । पक्राउ परेकाहरु पुलिस क्लबभित्रै धर्नामा बसेका छन् ।