स्वास्थ्य संस्था बन्दको प्रतिकार गर्ने निजी मेडिकल संघको चेतावनी

१० साउन ०७५, बिराटनगर । डा.गोबिन्द केसीको सर्मथनमा नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प गरेपछि निजी मेडिकल र डेन्टल कलेजहरुले बन्दको प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

एशोसिएसन अफ प्राईभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले स्वास्थ्य संस्था बन्दको प्रतिकार गर्ने चेतावनी दिएको हो ।

स्वास्थ्य सस्था जस्तो संवेदनशील क्षेत्र बन्द गर्नु गलत भएको ठहरसहित एशोसिएसनले बन्द फिर्ता लिन चिकित्सक संघलाई आग्रह गर्दै बन्दको डटेर अवज्ञा गर्न निजी स्वास्थ्य संस्थाहरुलाई विज्ञप्तिमार्फत् आवहन गरिएको छ ।

एशोसिएसनका अध्यक्ष डा.सुरेश कुमार कानोडियाले बिहीबार प्रेस बिज्ञप्ति जारी गर्दै लाखौं बिरामीहरुको जीवन रक्षाका लागि चिकित्सकहरुलाई आ–आफ्नो कार्यक्षेत्रमा निष्ठापूर्वक लागि आफ्नो कर्तव्य निर्वाह गर्न बिज्ञप्तिमार्फत् अपिल गरेका छन् ।

एशोसिएसनले केहि साता अघि पनि चिकित्सक संघले आवहन गरेको बन्दको बिरुद्धमा उभिएर कतिपय निजी स्वास्थ्य संस्थाहरुमा बन्दको अवज्ञा र प्रतिकारसमेत गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत