डिएलएको १० औं राष्ट्रिय महाधिवेशन आजदेखि शुरु

१२ साउन ०७५, चितवन । नेपाल डेमोक्याट्रिक्स लयर्स एशोसियसन (डिएलए) को १० औं राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदैछ ।

शनिबार गैंडाकोटमा शुरुभएको नेपाली कांग्रेसनिकट कानुन व्यवसायीहरुको संगठन डिएलए महाधिशेनले ३ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।

डिएलएले सोमबार बिहानसम्ममा नयाँ कार्यसमिति घोषणा गर्ने तयारी गरेको छ । अध्यक्ष पदमा योगेन्द्र बहादुर अधिकारी, सिताराम केसी, रामप्रसाद पौडेलले आकांक्षा देखाएका छन् । त्यस्तै रामकुमार श्रेष्ठ, केदार कार्की, प्रह्लादबहादुर कार्कीले पनि नेतृत्वमा आकांक्षा देखाएका छन् ।

डीएलएमा सभापति शेरबहादुर देउवा पक्ष कमजोर रहेकाले नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौंला प्यानलका बीचमा प्रतिस्पर्धा हुनसक्ने बताइएको छ ।

डीएलए नेपालका अध्यक्ष अधिवक्ता भरतप्रसाद खरेलले यसअघि ३९ सदस्यीय रहेको केन्द्रीय समिति प्रदेश संरचनामा जाँदा ४३ सदस्यीय बनाउने गरी विधान संशोधन गरेलगत्तै निर्वाचन प्रक्रिया शुरु हुने जानकारी दिए ।

महाधिवेशनबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, कोषाध्यक्ष एक/एक जना प्रदेश उपाध्यक्ष ७ जना, सचिव २ जना सदस्य २४ जना निर्वाचित हुनेछन् ।

वरिष्ठ अधिवक्ता कोमलप्रसाद घिमिरेको संयोजकत्वमा गठित ५ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत