काकाद्वारा ७ वर्षीया भतिजी बलात्कृत

राजविराज । सप्तरीको कंचनरुप नगरपालिकामा काकाले ७ वर्षीया भतिजीलाई बलात्कार गरेको खुलासा भएको छ ।

कंचनरुप नगरपालिका – ८ की ७ वर्षीया बालिका सिकिस्त बिरामी भई अस्पताल भर्ना गराइएपछि पटक–पटक बलात्कार भएको खुलासा भएको हो ।

बालिका बिरामी भएपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गराई शुक्रबार घर ल्याइएको छ ।

पीडित बालिकाको आफनै काका २५ वर्षीय गजेन्द्र साह सोनारले जबरजस्ती करणी गरेको उजुरीका आधारमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय कंचनरुपका प्रहरी निरीक्षक प्रतीक विष्टले बताए ।

पीडित पक्षको उजुरीको आधारमा पीडकविरुद्ध जबरजस्ती करणी हाडनाता उधोगमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक विष्टले जानकारी दिए ।

प्रहरीकाअनुसार मुद्दा दर्ता भए लगतै पीडक गजेन्द्रको खोजी कार्य जारी रहेको बताए ।

यसअघि गत २५ माघमा पनि जिल्लाको खडग नगरपालिका ९ लालपट्टी घर भएकी ११ वर्षीया पावर्ती मंडललाई उनकै काकाका छोरा १९ वर्षीय राजदेव मंडलले बलात्कारपछि हत्या गरेका थिए । मंडल हाल राजविराज कारागारमा छन ।

जिल्ला प्रहरी कार्यालय सप्तरीकाअनुसार १ वर्षको अवधिमा जबरजस्ती करणीका २२ वटा मुद्दा दर्ता भएका छन् । जसमा २० जना आरोपी पक्राउ परेका छन् भने ११ जना फरार छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत