प्रदेशमा छुट्टै खेलकुद समिति गठन गर्ने सामाजिक मन्त्रीकाे चेतावनी

१३ साउन ०७५, राजविराज । प्रदेश नम्बर २ को सरकारले दुई साताभित्र छुट्टै खेलुकद विकास समिति गठन गरी अघि बढ्ने चेतावनी दिएका छन् ।

शनिबार राजविराजमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री नवल किशोर साहले खेलकुदको विकासलाई केन्द्र सरकारले प्राथमिकतामा नराखे छुट्टै समिति गठन गर्ने चेतावनी दिएका हुन् ।

‘खेलकुद क्षेत्रको विकासका लागि केन्द्र सरकार लगानी गर्न उदासिन देखिएको छ’ मन्त्री साहले भने, ‘यस्तै रवैया रहे प्रादेशिक र जिल्ला स्तरीय खेलकुद विकास समिति गठन गरी अघि बढछौं ।’

खेलकुद समेत गाभिएर बनेको सामाजिक विकास मन्त्रालयलाई केन्द्र सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा चाहे जतिको विकास गर्न नसकिएको भन्दै उनले चेतावनी युक्त भाषामा भने, ‘अब पनि केन्द्र सरकारले सहयोगको हात बढाएन भने एक/दुई साता भित्रै प्रदेश सरकारले छुट्टै प्रादेशिक र जिल्ला खेलकुद विकास समिति निर्माण गर्नेछ ।’

मन्त्री साहले केन्द्र सरकार प्रदेश सरकारलाई भूमिकाविहीन बनाउने योजनाबाट पछि नहटे प्रदेशको समृद्धिका लागि सरकारले आफ्नो बाटो आफैँ बनाउने बताए ।

उनले प्रदेश सरकार कसैको दयामायाले नभई प्रदेशका जनताको मत र सहयोगबाट निर्माण भएको जिकिर गर्दै भने, ‘यस प्रदेशका जनतालाई सेवा सुविधा दिन प्रदेश सरकारले अब आफैँ निर्णय गर्ने बेला आइसकेको छ ।’

मन्त्री साहले मन्त्री बनेपछि मौन भएर बस्छन होला भन्ने केन्द्र सरकारले सोचेको छ भने त्यो महाभूल हुने बताए । उनले भने, ‘केन्द्र सरकारसँग माग गरेको जायज सहयोग र अधिकार नपाइए जुनसुकै बेला आन्दोलन पनि सुरु हुनसक्छ ।’

उनले मधेशका कृषकहरुले सिंचाई र मलको अभावमा समस्या भोगिरहेको भन्दै यस मामिलामा पनि केन्द्र सरकार नै उदासिन रहेको बताए ।

  •  
    6
    Shares
  • 6
  •  
  •  
  •  

तपाइको मत