प्रसाईविरुद्ध सार्वजनिक महत्वको प्रस्ताव दर्ता

१३ साउन ०७५, काठमाडौं । बीएन्डसी मेडिकल कलेजका प्रबन्ध निर्देशक दुर्गा प्रसाईविरुद्ध संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

प्रसाईले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरी फर्किएका र अध्ययनरत नेपाली छात्राका सम्बन्धमा अपमानपूर्ण अभिव्यक्ति दिएको भन्दै सचिवालयमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको हाे ।

आइतबार नेपाली कांग्रेसकी सांसद् डिला संग्रौला (पन्त)ले कारबाहीका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी हुन । संग्रौलाको प्रस्तावमा कांग्रेसकै सांसदहरु लक्ष्मी परियार र प्रमिला राईले समर्थन गरेका छन् ।

डा. गोविन्द केसीको अनशन चलिरहेका बेला प्रसाईले बंगलादेशमा पढ्ने नेपाली चेलीले अस्मिता बेचिरहेको भनेर बोलेको १४ महिनाअघिको भिडियो भाइरल भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत