काठमाडौं महानगरपालिकालाई चीनले दियो ब्रुमर, २ महिनाभित्रै सञ्चालनमा ल्याइने

१५ साउन ०७५, काठमाडौं । चीनले काठमाडौं महानगरपालिकालाई सडक सफाइमा प्रयोग हुने २ वटा ब्रुमर अनुदान दिने भएको छ ।

ब्रुमरको साँचो छेङ्दु नगरको एसोसियसनका कार्यकारी उपाध्यक्ष जियाङ बिनले महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिबहादर कुँवरलाई हस्तारण गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएका बेला छेङ्दुले २ वटा ब्रुमर दिने प्रतिवद्धता जनाएको थियो । त्यसैका आधारमा छेङ्दुले महानगरलाई दिन लागेको युरो मापदण्ड ४ ब्रुमर चीनबाट २ महिनाभित्रै काठमाडौं आइपुग्नेछन् ।

९८ किलोमिटर प्रतिघण्टा गति भएका ब्रुमरले सडकको अवस्था हेरी प्रति घण्टा ३ किलोमिटरदेखि २० किलोमिटरसम्म सडक सफा गर्न सक्ने महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले ५ वटा बु्रमर पनि आफ्नै स्रोतबाट खरिद गर्दैछ । महानगरपालिकाले २ महिनाभित्रै ५ वटा नयाँ ब्रुमर सडक सफाइका लागि सञ्चालन गर्ने योजना बनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत