पेस्तोलसहित भारतीय नागरिक पक्राउ

१५ साउन ०७५, काठमाडौं । महोत्तरीको पर्सादेवाडबाट एक भारतीय नागरिक पेस्तोलसहित पक्राउ परेका छन् ।

हतियारसहित बीआर ०६ एक्यू १३४९ नम्बरका मोटरसाइकलमा नेपाल प्रवेश गरेका भारत सीतामढी जिल्ला झिटकैया विहारका १८ वर्षीय जितेन्द्रकुमार रायलाई सशस्त्र प्रहरी बल वोर्डर आउट पोष्ट सम्सीले पक्राउ गरेको हो ।

स्थानीयले दिएको सूचनाको आधारमा सम्सी गाउँपालिका—१  पर्सादेवाड गाँउमा चेकजाँचका क्रममा सशस्त्र प्रहरीे टोलीले रायलाई पक्राउ गरेको हो ।

मोटरसाइकलमा नेपाल प्रवेश गरेका रायको साथबाट एक थान पेस्तोल, त्यसमा लाग्ने म्यागजिन र ३ राउन्ड गोली बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक विदुर ढकालले बताए । पक्राउ परेका रायलाई बरामद हतियार र मोटरसाइकलसहित नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत