गृहमन्त्री थापा र म्यान्माका परराष्ट्र सचिव थुबीच भेटवार्ता

१६ साउन ०७५, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ र नेपाल भ्रमणमा रहेका म्यान्माका परराष्ट्र मन्त्रालयका स्थायी सचिव उ मिन्त थुबीच आज शिष्टचार भेटवार्ता भएको छ ।

गृहमन्त्री थापा र थुबीच मंगलबार गृहमन्त्रालयमा शिष्टचार भेटवार्ता भएको हो । भेटमा नेपाल–म्यान्मा द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको छ ।

परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेका गृहमन्त्री थापाले भेटमा नेपाल र म्यान्माबीच एतिहासिककालदेखिनै सम्बन्ध रहेको चर्चा गर्दै सोही कारण अहिले पनि म्यान्मामा हजारौंको संख्यामा नेपाली मुलका म्यान्मालीहरु बसोबास गरिरहेको टिप्पणी गरे ।

गृहमन्त्री थापाले अन्तरदेशीय अपराध, मानवतस्करी लगायतका विषयमा दुई देशबीच सहकार्य आवश्यक रहेका बताए ।

भेटमा म्यान्माका परराष्ट्र सचिव थुले नेपाल र म्यान्माको सम्बन्धलाई थप मजबुत बनाउन बुद्धको जन्मभूमि लुम्बिनीले महत्वपूर्ण भूमिका खेलिरहेको बताए ।

आफ्नो भ्रमणको क्रममा व्यापार, पर्यटन लगायतका क्षेत्रमा आपसी सहकार्यसम्बन्धि सम्झौता पहिलेदेखि भएको जानकारी गराउँदै दुई देशबीच थप अन्य क्षेत्रमा समेत सहकार्यको ढोका खोल्ने विश्वाँस व्यक्त गरेका थिए ।

त्यस्तै, म्यान्माका परराष्ट्र सचिव थुले नेपालको गृहमन्त्रालय र म्यान्माको गृहमन्त्रालयबीच अपराध नियन्त्रण र तालिमका लागि सहयोग र सहकार्य गरेर जानुपर्ने धारणा राखेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत