घरायसी झगडाका कारण बाबुले आफ्नै छोराको घाटी रेटी हत्या

१६ साउन ०७५, काठमाडौं । घरायसी विवादलाई लिएर भक्तपुरमा बाबुले आफ्नै छोरालाई हत्या गरेका छन् ।

मोरङ सुनवर्षा नगरपालिका– १ घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली रमाइलो चोककम डेरा गरी बस्दै आएका डिल्लीराम चापागाईंले घरायसी विवादलाई लिएर आफ्नै छोरा सागर चापागाईको हत्या गरेका हुन् ।

मंगलबार राति ४० वर्षीय डिल्लीरामले आफूसँगै सुतेका १७ वर्षीय छोरा सागरलाई दाउले घाँटी रेटी हत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताए । प्रहरीले घटनास्थलबाट रगत लागेको दाउसमेत बरामद गरेको छ।

छोराको हत्यापछि डिल्लीराम डेरा घरको एक तल्लामाथिबाट हामफाली भाग्दै गर्दा प्रहरीले तत्काल पक्राउ गरेको जानकारी दिए ।  पक्राउ परेका डिल्लीरामले घरायसी विवादका कारण छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रवक्ता प्रहरी नायब उपरीक्षक पोखरेलले बताए ।

हत्यारा डिल्लीरामलाई महानगरीय प्रहरी वृत्त ठिमीको नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत