१६ साउन ०७५, राजविराज । खोलामा वढेको पानीले निकास नपाउँदा वुधवार विहान भएको सामान्य वर्षामै घर ढलेको छ ।
राजविराज नगरपालिका –२ निवासी रुवी खातुनको पक्की घर नजिकैको भलुवाही खोलामा वढेको वाढीले कटान गर्दा ढलेको हो ।
प्रहरीले खोलामा एक्कासी वढेको पानीले समयमै निकास नपाँउदा कटान भई सो घर ढलेको बताए ।
कटानले खातुनको ३ कोठे भवन मध्ये २ कोठा ढले पछि पुरै परिवारको वियोग भएको छ । छोरा छोरी सुत्ने कोठा, वाथरुम, शौचालयका साथै खानेपानीका लागि जडान गरिएको टयुवेल समेत कटानमा परी ढले पछि पुरै परिवारमा चिन्ता छाएको छ ।
घर ढलेको थाहा पाए पछि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पोडेल, प्रहरी उपरीक्षक मुकेश सिंह, मेयर शम्भु यादव बस्तीमा पुगी निरीक्षण गरेका छन् । निरीक्षणपछि उनीहरुले तत्कालै खोला नियन्त्रणका लागि आवश्यक पहल सुरु गर्ने आश्वासन दिए ।
खोलामा तटवन्ध निमार्ण कार्य लामो समयदेखि सुरु गरिए पनि सुस्त गतिमा काम भइरहेकाले सामान्य वर्षामा पनि आफुहरु जोखिममा पर्ने गरेको स्थानियले गुनासो छ । खोला वरिपरि ३४ परिवार वसोवास गर्दै आएका छन ।
- 1Share
1