प्रधानन्यायाधीशमा जोशी अस्वीकृत

१८ साउन ०७५, काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनवाई समितिले अस्वीकार गरेको छ ।

प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले समितिको बैठक बहिस्कार गरेपछि सत्तारुढ दलका दुई तिहाई बहुमत सांसदले अस्वीकार गरेको हो । संसदीय सुनुवाई बिशेष समितिले सिफारिस भएका ब्यक्ति अस्वीकार गरेको यो पहिलो पटक हो ।

शुक्रबार बिहानदेखि सुनुवाइ समितिको कार्यालय सिंहदरबारमा बैठक भएको थियो । झण्डै पाँच घण्टा चलेको बैठकले सर्वसम्मत निर्णय गर्न नसकेपछि बहुमतको आधारमा जोशीलाई अस्वीकार गरिएको हो ।

समितिमा रहेको कांग्रेसका चार सांसदले बैठक बहिस्कार गरे भने नेकपामा ९ र संघीय समाजवादीका १ गरी १० जनाले अस्वीकार गरेका हुन् ।

जोशीलाई प्रधानन्यायाधीशका लागि स्वीकार गर्ने वा नगर्ने भन्नेमा बुधबार दिनभर दुवै दलका शीर्ष तहदेखि समितिका सदस्यहरूबीच लामो छलफल सहमतिमा पुग्न नसकेपछि समितिको अध्यक्ष लक्ष्ममणलाल कर्णले शुक्रबारका लागि बैठक सारेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत