सुनुवाई समितिको निर्णय स्वतन्त्र न्यायलयमा हस्तक्षेप

१९ साउन ०७५, काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनुवाई समितिले अस्वीकृत गरेपछि नेपाल बार एशोसिएसनले खेद व्यक्त गरेको छ ।

कानुन व्यवसायीहरूको संगठन बारका महासचिव खम्मबहादुर खातीको हस्ताक्षर भएको विज्ञप्तिमा संसदीय सुनुवाई समितिको निर्णयले स्वतन्त्र न्यायलयमा हस्तक्षेप गरेको उल्लेख छ ।

‘राजनीतिक आस्थाको आधारमा समिति विभाजित भई मतदानको प्रकृयासम्ममा पुगेको विषय अत्यन्त दुखद र खेदजनक छ,’ बारको विज्ञप्तिमा भनिएको छ ।

दुई तिहाइले प्रधानन्यायाधीश सिफारिस भएका व्यक्तिलाई अस्वीकृत गर्नु न्यायालयमाथिको हस्तक्षेप भएको कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

यसअघि जोशीबारे मतदान गर्ने प्रस्ताव आएपछि नेपाली कांग्रेसले १० मिनेट समय मागेको थियो । उक्त समयपछि कांग्रेस सांसदले बैठक बहिष्कार गर्ने निर्णय गरेका थिए ।

नेपाली कांग्रेसले बैठक बहिष्कार गरेर निस्केपछि बसेको समितिको बैठकले मतदानका आधारमा दुई तिहाइले जोशीको सिफारिस अस्वीकृत गर्ने निर्णय गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत