उपचाररत विद्यार्थीको मृत्युको विषयलाई लिएर अस्पताल तोडफोड

२० साउन ०७५, रुपन्देही । भैरहवास्थित यूनिभर्सल मेडिकल कलेजमा एक विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि विद्यार्थीहरुले नै अस्पतालमा तोडफोड गरेका छन् ।

उपचारका क्रममा बीबीएस चौथो सेमेस्टरमा अध्ययनरत जनकपुर स्थायी घर भएका २२ वर्षीय महादेव शाहको मृत्यु भएपछि अस्पताल तनावग्रस्त भएको हो ।

शरीरमा खटिरा आएपछि शाहलाई अस्पतालमा भर्ना गरी आईसीयूमा उपचारको क्रममा आइतबार निधन भएपछि उपचारमा लापरवाही भएको आरोप लगाउँदै विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

विद्यार्थीहरुले साहलाई दिइएको गलत औषधिका कारण उनको मृत्यु भएको दाबी गर्दै अस्पताल परिसरमा नाराबाजी गर्दै अस्पताल तोडफोड गरेका छन् ।

हाल अस्पताल परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत