जाजरकोटमा पहिरोले घर पुरिदा ५ को मृत्यु, ४ बेपत्ता, १ जनाको जीवितै उद्धार

२० साउन ०७५, काठमाडौं । जाजरकोटको खलंगामा पहिरोले घुर परिँदा ५ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।

अविरल वर्षाका कारण आइतबार बिहान भेरी नगरपालिका–३, ठाँटीबजारमा पहिरोले तीर्थ बोहरा र गोपाल सुनारको घर पुरिँदा  ५ जनाको मृत्यु हुनका साथै ४ जना बेपत्ता भएका हुन् ।

तीर्थ बोहराको घरमा भाडामा बस्दै आएका भेरी नगरपालिका ६ गंगटियाका  खड्गबहादुर लुहारको जीवितै उद्धार गरिएको छ भने उनका २५ वर्षीया श्रीमती शितला लुहार, उनका छोरीहरु ९ वर्षीया भावना र ६ वर्षीया रञ्जना परियार, ३ वर्षीया मनिसा परियार र घरमुली तीर्थराज बोहराकी ७ वर्षीय छोरी नज्मा बोहराको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ ।

जीवितै उद्धार गरिएका लुहारको छाती, टाउको र खुट्टामा चोट लागेका कारण जाजरकोट अस्पतालमा उपचार भैरहेको र अवस्था गम्भीर रहेको प्रहरी प्रमुख इन्दजित सुनारले बताए ।

यसैगरी पहिरोले गोपाल सुनारको घर पूर्णरुपमा पुरिएका हुनाले त्यहाँ बस्ने चार बालबालिका कुशे–६ ढिमेका १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नवीन परियार, नलगाड–१ डाँडागाउका ८ वर्षीय गोविन्द परियार र १० वर्षीय दर्शक परियार बेपत्ता भएका छन् ।

हाल प्रहरी, सेना र स्थानीय उद्धारमा जुटिरहे पनि पानी परिरहेको, अप्ठेरो ठाउँ भएकोले उद्धारमा कठिनाइ भइरहेको उद्धार खटिएका निमित्त प्रहरी प्रमुख सुनारले बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत