शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

२० साउन ०७५, काठमाडौं । प्रतिनिधिसभा बैठकले नेपाली कांग्रेसका पूर्व सांसद कमलप्रसाद पंगेनीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

आइतबार बसेको बैठकले पूर्व सांसद पंगेनीको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।

स्याङ्जाका जिल्ला सभापति समेत रहेका कांग्रेस नेता पंगेनीको आइतबार घरमा छाति दुखेको बताएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा बिहान साढे ६ बजे बाटोमै उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

पंगेनी २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं. २ बाट संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक साउन २१ गते सोमबार दिनको २ बजे बस्नेछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत