उद्योग मन्त्रीद्वारा निम्बस समूहद्वारा संचालित तेल उद्योगमा निरीक्षण

२३ साउन ०७५, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले निम्बस समूहद्वारा संचालित एक उद्योगमा निरीक्षण गरेका छन् ।

निरीक्षणका लागि तेल लिँदै ।

बुधबार मन्त्री यादवले वीरगन्जको गण्डक चोक नजिकै रहेको निम्बस समूहद्वारा सञ्चालित प्रो बायोटेक इण्डष्ट्रिज प्रालिले उत्पादन गर्ने तेल उद्योगमा निरीक्षण गरेका हुन् ।

प्रो बायोटेक इण्डष्ट्रिज प्रालिले तोरीको तेल, सोयाबिन र सन्फ्लावर तेल उत्पादन गर्दै आएको छ ।

नापतौल तथा गुणस्तर विभागको क्षेत्रीय कार्यालयबाट खटिएका प्राविधिक, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि र सुरक्षाकर्मीका साथ उद्योगमा पुगेका मन्त्री यादवले निरीक्षण गर्ने क्रममा उद्योगले उत्पादन गर्दै आएका कच्चा सोयाबीन र सन्फ्लावर तेलको नमूना, तैयारी सोयाबीन र सन्फ्लावर तेलको नमूना र तैयारी तोरीको तेलको नमूना लिएर आएको स्वकीय अधिकृत रवि किरण यादवले बताए ।

मन्त्री यादवले उद्योगले बजारमा आपूर्ति गर्दै आएका खाद्यान्नका सामान गुणस्तरहीन भएको गुनासो आएपछि उद्योगमा आफूले निरीक्षण गरेको र उद्योगले उत्पादन गर्दै आएको सबै सामानको नमूना लिएर काठमाडौं आएको र नमूना परिक्षणका लागि नापतौल तथा गुणस्तर विभागको प्रयोगशालामा पठाएको बताए ।

मंगलबार वीरगन्जमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको राष्ट्रिय भेलामा सहभागी मन्त्री यादवकै सामु उद्योगी व्यपारीले बजार र उद्योग अनुगमनका नाममा सरकारले निजी क्षेत्रलाई आतंकित पारेको गुनासो गरेका थिए ।

  •  
    6
    Shares
  • 6
  •  
  •  
  •  

तपाइको मत