नेकपाद्वारा चरणवद्ध संघर्षका कार्यक्रम घोषणा

२३ साउन ०७५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले प्रवक्ता खड्बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहित पक्राउ परेको विरोधमा नेपाल बन्दसहित विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डलाई बिनाकारण पक्राउ गरिएको भन्दै पार्टीले विरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।

विप्लवद्वारा हस्ताक्षरीत् विज्ञप्तिमा पार्टी राजनीतिक विचारका आधारमा गरिएको कायरतापूर्ण गिरफ्तारी बन्द गर्न, गिरफ्तार कमरेड प्रकाण्ड, पीबीएम कामरेड सीसीएम कामरेडलगायत सबै कामरेडलाई बिनासर्त रिहा गनपर्ने मागसहित साउन २५ गते देशभर कोणसभा, २६ गते विरोधसभा, २७ गते भण्डाफोर, २८ गते मशालजुलुस र २९ गते नेपाल बन्दको घोषणा सार्वजनिक गरिएको छ ।

प्रवक्ता खड्बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहित प्रवक्तासँगै पोलिटब्यूरो सदस्य हरिचन्द्र आचार्य र केन्द्रीय सदस्य मिनबहादुर पक्राउ परेपछि त्यसको विरोधमा विज्ञप्ति निकालेर विप्लवको पार्टीले आन्दोलनको घोषणा गरेको हो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत