नेकपाको केन्द्रीय कार्यालय धुम्बाराही रहने

२४ साउन ०७५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा हुने भएको छ ।

बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय कार्यालय धुम्बाराहीमा र पेरिसडाँडामा जनवर्गीय संगठनहरुको कार्यालय राख्ने निर्णय गरेको हो ।
बैठकले पेरिसडाँडामा जनवर्गीय संगठनका केन्द्रीय कार्यालयहरु, विभाग र अन्य आवश्यक कार्यालयहरु रहने निर्णय गरेको छ ।

नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भई नेकपा निर्माण हुनुअघि धुम्बराहीमा एमाले र पेरिसडाँडामा माओवादी केन्द्रको केन्द्रीय कार्यालय रहेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत