सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामालाई एक वर्ष कैद

२४ साउन ०७५, काठमाडौं । विशेष अदालतले गुन्डा नाइके गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको छ ।

बिहीबार विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्य न्यायाधीशहरु द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलाशले लामालाई सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद सजाय सुनाएको हो ।

लामामाथि १ करोड ४० लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै २०७० जेठ ५ मा मुद्दा दर्ता भएको थियो । हाल लामा हातहतियार तथा खरखजना मुद्धामा डिल्लीबजार कारागारमा  सजाय भोगिरहेका छन् । उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले गौशालाबाट पेस्तोलसहित पक्राउ गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत