सडक कालोपत्रे गर्न डा.सुनिल शर्माको सहयोग

२५ साउन ०७५, बिराटनगर । नोबेल अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले सडक कालोपत्रे गर्नका लागि आर्थिक सहयोग गरेका छन् ।

बेलबारीमा सडक कालोपत्रे गरिदै ।

मोरङको बेलवारी नगरपालिका–४ बुधबारेमा सरस्वती मार्ग कालोपत्रे गर्ने क्रममा रकम अभाव भएपछि डा.शर्माले एक लाख सहयोग प्रदान गरेका हुन् ।

नोबेल अस्पतालका अध्यक्ष लोकनाथ न्यौपानेसहित सडक निर्माण समितिका पदाधिकारीको उपस्थितिमा डा.शर्माले सडक निर्माण समितिका अध्यक्ष श्यामकुमार गुरुङलाई एक लाखको चेक हस्तान्तरण गरेका छन् ।

स्थानीय मिलन चौकबाट कसेनी माध्यमिक बिद्यालय हुँदै सुम्निमा मार्गको सडक कालोपत्रेका क्रममा रकम अभाव भएपछि निर्माण समितिका पदाधिकारी र उपभोक्ताहरु सहयोगका लागि नोबेल अस्पताल आएका थिए ।

गाउँमा सडक कालोपत्रे हुँदा धेरै स्थानीयलाई राहत मिल्ने भएकाले सहयोग गरेको डा.शर्माले बताए ।

सहयोग हस्तान्तरण गरिदैँ ।

सडक कालोपत्रेका लागि रकम अभाव भएर समस्या भईरहेको अवस्थामा डा.शर्माले गरेको सहयोगका कारण धेरै राहत मिलेको निर्माण समितिका अध्यक्ष गुरुङले बताए ।

उपभोक्तासँगको साझेदारीमा करिव १ किलोमिटर सडक कालोपत्रेका लागि बेलवारी नगरपालिकाले २५ लाख बजेट छुट्याएको थियो । तर, बजेट अभाव भएर समस्या भईरहेको अवस्थामा डा.शर्माले सहयोग उपलब्ध गराएका हुन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत