प्रधानमन्त्री ओली र डा. केसीबीच भेटवार्ता

२६ साउन ०७५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र डाक्टर गोविन्द केसीबीच भेटवार्ता भएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा केसी र ओलीबीच भेटर्वाता हो । प्रधानमन्त्रीलाई भेट्न डा. केसी आफ्नो वार्ता टोलीसहित बालुवाटार पुगेका थिए ।

भेटमा डा. केसीले १५ औं अनशनका क्रममा भएका सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक आउनु पर्ने बताए । उनले त्यसमा सहमति नभई तोडमोड गरे १६ औं अनसन बस्ने चेतावानी दिएका थिए ।

प्रधानमन्त्री ओलीले भने सहमतिअनुसार संशोधन दर्ता भएको र त्यो पास हुने आश्वासन दिएका छन् । साथै प्रधानमन्त्री ओलीले अन्य सहमति कार्यान्वयनका लागि डा. केसी समेत संलग्न भएको कमिटी बनाउने प्रस्ताव गरेका छन् । तर, डा. केसीले भने आफू उक्त कमिटीमा नबस्ने बताए ।

केसीले स्वास्थ्य शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि विभिन्न माग राख्दै असार १६ गतेबाट जुम्लामा सुरु गरेको १५ औं अनशन नौ बुँदे सहमतिसँगै साउन ९ गते राति  तोडेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत