जीप दुर्घटनामा बालकको मृत्यु, चार घाइते, ६ मोटरसाइकल र स्कुटीमा क्षति

२७ साउन ०७५, पाल्पा । तानसेनको व्यस्त बजारमा ब्रेक फेल भएको जीपले ठक्कर दिँदा एक बालकको मृत्यु हुनका साथै चार पैदलयात्रुसमेत घाइते भएका छन् ।

आइतबार ज १ च ६७८४ नम्बरको  जीप हुलाक मोडबाट बसपार्क जान लाग्दा ओरालोमा ६ वटा मोटरसाइकल र स्कुटीलाई ठक्कर दिँदा एक बालकको मृत्यु हुनका साथै चार पैदलयात्रुसमेत घाइते भएका हुन् ।

जीपको ठक्करबाट बगनासकाली गाउँपालिका–३ नायरनमतलेसका ११ महिने बालक निसान बस्यालको मृत्यु भएको छ भने बगनासकाली गाउँपालिका–३ नायरनम्तलेसका ५ वर्षीय निसान बस्याल, २६ वर्षीया लक्ष्मी बस्याल, नवलपरासी सुनवलका ५२ वर्षीय रामजी चौधरी, तानसेन–६ की ४८ वर्षीया कमला पाण्डे घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते चारजनाले तानसेन नगरपालिका–२ बडिज्ञानटोलमा यात्रा गरिरहेका थिए । घाइते सबैको युनाईटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जीपको ठक्करबाट बा ८९ प ३११२, लु २० प ५७९४, बा ३२ प २०६४, लु ३८ प ९०८२, लु २८ प ३७१४, लु २३ प ७७१६ नम्बरका मोटरसाइकल र स्कुटीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

जीप चालक कमलबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत