राज्यमन्त्री शर्मा साधारण तारेखमा रिहा

२८ साउन ०७५, काठमाडौं । सशस्त्र प्रहरी थमन विकको हत्याका आरोपी समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा साधारण तारेखमा रिहा भएका छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता एवम् महोत्तरी जिल्ला संयोजक समेत रहेका शर्मा पार्टीकै सुझावका आधारमा आज अदालतमा हाजिर भएका थिए ।

उच्च अदालत जनकपुरले साउन १५ गते असई थमन विकको हत्या आरोपीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई परमादेश जारी गरेको १३ दिनपछि राज्यमन्त्री शर्मा अदालतसमक्ष आत्मसम्पर्ण गरेका हुन् ।

हाजिर भएपछि उनीसँग घटनाको बारेमा अदालतले बयान लिएको थियो । बयानपछि महोत्तरी जिल्ला अदालतका मुख्यन्यायाधीश ब्रजेश प्याकुरेलको इजलासमा थुनछेकको बहस भएको थियो ।

बहसमा शर्माको तर्फबाट देवेन्द्र ठाकुर, ज्ञानेन्द्रलाल कर्ण र रमेश पाण्डे बहसमा सहभागी थिए भने सरकारको तर्फबाट सुदिप दंगाल सहभागी थिए । बहसपछि शर्मालाई साधारण तारेखमा रिहा गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत