सरकारको ५ महिने उपलब्धि सार्वजनिक

२८ साउन ०७५, काठमाडौं । सरकारले ५ महिने उपलब्धि सार्वजनिक गरेको छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ५ महिनामा गरेका काम समेटेर ७४ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरेको हो।

सरकारले आफ्नो उपलब्धिको रुपमा सार्वजनिक खर्चमा मितव्ययिता, सिण्डिकेटको अन्त्य, सुन तस्करमाथि कारबाही, विकास निर्माणमा ढिलासुस्ती अन्त्य, औचित्यहीन भ्रमणमा नियन्त्रण लगायतका विषयलाई उपलब्धिको रुपमा उल्लेख गरेको छ ।

नारायणगढ मुग्लिन सडक स्तरोन्नति, सिमरा बर्दिबासु रेलमार्गको ट्रयाकको ८० प्रतिशत काम सकिएको, मुग्लिनमा त्रिशुली नदीमा अर्काब्रिज अन्तिम चरणमा पुग्न, डुवान समस्याको दीर्घकालीन समाधान, जलमार्गको स्थलगत अध्ययन, लक्ष्यभन्दा बढी राजस्व संकलन, विकास खर्चमा वृद्धि लगायतको विषयलाई पनि उपलब्धिको रुपमा उल्लेख गरिएको छ ।

त्यस्तै, सरकारले ५ महिनाको अवधिमा ९० वटा तुइन विस्थापित गरेको, भेरी बबई डाइभर्सनको ६ किलोमिटर सुरुङ निर्माण, काठमाडौं तराई फास्ट ट्रयाकमा १९ हजार रुख काटिनु, पेट्रोलियम पदार्थ भण्डारणका लागि नुवाकोटको बट्टार, तनहुँको आँबुखैरेनी, काभ्रेपलाञ्चोक र ललितपुरमा स्थान छनोटलाई पनि सरकारले आफ्नो उपलब्धिका सूचीमा राखेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत