३० साउन ०७५, काठमाडौं । ओडिसी इन्टरटेनमेन्टका सञ्चालक सीमान्त गुरुङले धरौटी बुझाउन नसक्दा जेल चलान भएका छन् ।
गुरुङले बैंकिङ कसुर र ठगी मुद्दा गरी ६० लाख धरौटी बुझाउन नसकेपछि जेल चलान भएका हुन् ।
बलिउड स्टार सलमान खानलाई नेपाल ल्याउने भन्दै न्यूनतम् तीन हजारदेखि २० हजार रुपैयाँसम्मका टिकट बेचेर ठगी गरेको आरोपमा गुरुङ असार २९ गते पक्राउ परेका थिए ।
ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले गुरुङलाई १५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएलगत्तै १५ लाख रुपैयाँ धरौटी बुझाउन गएका गुरुङको चेक बाउन्स भएको उजुरी परेपछि महानगरीय प्रहरी परिसरको टोलीले बैंकिङ कसुरमा उनलाई अदालत परिसरबाटै पक्राउ गरेको थियो ।