जुम्ल्याहा छोरीलाई चर्पीको खाल्डोमा डुबाएर भाग्ने आमा पक्राउ

१ भदौ ०७५, काठमाडौं । दुई छोरीलाई चर्पीको खाल्डोमा डुबाएर भागेकी ताप्लेजुङकी अनिता विकलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार प्रहरीले विकलाई सुनसरीको तरहराबाट पक्राउ गरेको हो ।

विक धरान जान लागेको सूचनाको आधारमा प्रहरी र आफन्तले खोजी गर्दा उनलाई तरहरामा फेला पारेको ताप्लेजुङका प्रहरी निरीक्षक लक्ष्मणबहादुर थापाले जानकारी दिए ।

विकले आफ्ना दुई छोरीलाई चर्पीको खाडलमा डुबाएर भाग्दा एकजनाको डुबेकै ठाउँमा र अर्कोलाई उपचारका लागि झापा लैजाने क्रममा मृत्यु भएको थियो । उनलाई आवश्यक प्रक्रिया पु¥याएर ताप्लेजुङ लगिने थापाले जानकारी दिए ।

कमला एवर्षदेखि आमासँगै माइत बस्दै आएकी थिइन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत